नियम
सैनिक सवारी साधन र चालक उपर नियन्त्रण गर्न सक्ने

(१) सैनिक सवारी चालकले देहायको कार्य गरेको पाईएमा सैनिक प्रहरीले सैनिक सवारी साधन उपर नियन्त्रण गर्न सक्नेछः–
(क) सवारी चालक अनुमतिपत्र वा आफ्नो परिचयपत्र नलिई सवारी साधन चलाएमा,

(ख) मादक पदार्थ वा लागू पदार्थ सेवन गरी सवारी साधन चलाएमा,
(ग) सवारी नियम विपरीत सवारी साधन चलाएमा,
(घ) अनाधिकार व्यक्तिले सवारी साधन चलाएमा,
(ङ) सवारी साधनमा गैर कानूनी र सेनाले निषेध गरेको चीजवस्तु राखेमा,
(च) यान्त्रिक गडबडी भएको सवारी साधन चलाएमा,
(छ) तोकिएको स्थान भन्दा अन्यत्र र दिइएको निर्देशन विपरीत सवारी साधन चलाएमा ।
(२) उपनियम (१) को प्रयोजनको लागि सैनिक प्रहरीले कुनै पनि सैनिक सवारी साधन रोकी चालकसँग आवश्यक कुरा सोधपुछ गर्न वा त्यस्तो सवारी साधन जाँच गर्न र प्रचलित कानून बमोजिम खानतलासी लिन सक्नेछ ।